काठमाडौं–
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार एयर डाइनास्टिकको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । हेलिकोप्टरमा सवार सबैजनाको दुर्घटनामा निधन भएको छ ।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्त्री अधिकारीसहितको टोली दुर्घटनामा परेको थियो ।
२०२६ साल वैशाख २२ गते कास्कीमा जन्मिएका..
अधिकारी विद्यार्थी कालदेखि नै क्रान्तिकारी स्वभावका थिए ।
२०४९ सालमा पृथ्वी नारायण क्याम्पस पोखराका स्ववियु सभापति बनेका अधिकारी २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापति निर्वाचित भएका थिए ।
राजनीतिका साथसाथै अधिकारी साहित्यमा पनि रुची राख्थे । उनले स्कूले जीवनमै आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरेका थिए ।
राजनीतिका साथसाथै अधिकारी साहित्यमा पनि रुची राख्थे । उनले स्कूले जीवनमै आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरेका थिए ।
त्यो चर्चित गीत
अधिकारी सहितको टोली २०४७ सालमा सांस्कृतिक कार्यक्रमका लागि मुस्ताङ पुगेको बेलामा गुनगुनाएको एउटा रचना गीतको रुपमा चर्चित बन्यो ।
सांस्कृतिक कार्यक्रमका लागि मुस्ताङ पुगेका अधिकारीसहितको टोली जोमसोममा बसेको थियो । मध्याह्न १२ बजे जोमसोममा ठूलो हावा चल्यो । हावा चलेपछि रवीन्द्रले कविता फुराए ।
जोमसोमे बजारमा
बाह्र बजे हावा सररर
ए हजुर घर हाम्रो पोखरा…
उनको त्यो कवितालाई अरु साथीहरुले पनि मन पराए र केही शव्द थपे । सोही गीतमा केही शव्द थप गरेर लयात्मक रुपमा नेपथ्यले गाएसँगै गीत एकाएक चर्चामा पुग्यो । २०५० साल तिर उक्त गीत चर्चाको शिखरमै पुगेको थियो ।
उक्त गीतका शव्द शुरुमा माया प्रेमभन्दा पनि क्रान्तिकारी शव्दहरु थिए ।
रवीन्द्र अधिकारीले अन्य धेरै गीतहरुको रचना गरेका थिए तर ती रचनाहरु गीतका रुपमा रेकर्ड गरिएनन् ।
यो पनि पढ्नुहोस्: सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिने आन्दोलनको नेतृत्वकर्ता थिए रविन्द्र अधिकारी
यो पनि पढ्नुहोस्: सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिने आन्दोलनको नेतृत्वकर्ता थिए रविन्द्र अधिकारी
सम्मान स्वरूप Like, Comment र Share गर्नुहोला!