Thursday, 31 October 2019

साथीको वाल्यकालीन पहिलो चित्र- चे 'Che

रातको त्यस्तै अबेर भै सकेको थियो । मैले उनको हालसालै हुदैँ गरेका कार्यहरु बारे बुझ्दै थिए । उमेरले म भन्दा कान्छी भएतापनि शैक्षिक एवं बौद्धिक हिसाबले हामीमा समानता थियो । उनी मेडिकल क्षेत्रकी भएतापनि मेरो पनि त्यस क्षेत्रमा आधारभूत ज्ञान भएका कारण कुरामा सहजता नहुने कुरा हुन्न थियो ।

https://www.bibekn.com.np

यस्तैमा हामी वीच कम्युनिष्ट र कम्युनिजम बारे कुरा हुदैँ थियो ।
 उनले सोधिन हजुर CPN हो ? मैले आफ्ना विचार सेयर गर्दै जाँदा कार्ल माक्स, लेलिन, माओ, मदन भण्डारी बारे कुरा गर्दै जादाँ महान योद्धा Che को कुरा गर्दै थिए । मैले सोधे, "Che बारे त थाहा होला ?" भन्दै थाहा होला कि नहोला भन्ने मनमा खुल्दुली साथ उनलाई सोधेको थिए । 
उनले भनिन "किन थाहा नहुनु, मैले पुरै जीवनी पढेको पनि छु र म संग Book पनि छ बरु Email ID दिनुस म Softcopy सेन्ड गर्दिन्छु ? मैले प्रतिक्रिया स्वरूप होर! हस भन्दै रिप्लाई गरे ।
यस्तैमा उनले अर्को कुरा थपिन "मेरो लाइफको First Drawing नै Che हो भन्दै एउटा फोटो पनि सेन्ड गरिन । म कुरा सुनेर अचम्म मान्दै थिए यसै बेला अर्को फोटो आयो । हो उनले पठाएको र उनको पहिलो तस्बिर यही थियो जहाँ उनले Drawing मा प्रयोग भएको हरेक रङ्ग को अर्थ छ भन्दै एक एकको वर्णन गरिन जस्तै रातो ले रगत र लाल सलाम आदि आदि ।
सुरुमा मलाई यस तस्बिर देख्दा त केही हाँसो नआएको होइन तर फेरी सोचे, "आफुले पहिलो Drawing गरे जस्तै त होला नि, पहिलो प्रयास राम्रो छ !"
यतिकैमा उनले पनि भनिन "फोटो हेरेर नहाँस्नु होला है ।" मैले हुन्छ हाँस्ने छैन  बरु सारै खुशी लाग्यो देख्न पाउदा भन्दै प्रतिक्रिया जनाए ।
{बर्तमान नेपालमा भिन्न तरिकाले के-कसरी काम हुदैँ छन् र कसरी गर्न सकिन्छ भन्ने ध्ययले एक अनुभबी साथी संग समय मिलाएर कुराकानी गर्दाको यो एक छोटो सम्बाद ।}

मन परे SHARE गर्नुहोला !


If you Like this Article, Please do share with your Friends too.