अमला अति स्वस्थकर फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला एक बहुगुणकारी फल हो ।
गर्मि मौससमा धेरै रसिलो फल हो अमला । रसिलो संगै यसले स्वास्थमा धेरै फाईदा पुर्याउछ । ल अमलाको फल खाँदा मात्र होइन यसको छहारीमा बसेर खादा समेत स्वास्थमा धेरै फाईदा पुग्छ ।
अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । यो एउटा सानो पतझर रुख हो ।
विभिन्न नामहरू
बैज्ञानिक नाम: Phyllanthus emblica Linn.
नेपाली नाम: अमला
संस्कृत नाम: आमलकी, धात्री
अङ्ग्रेजी नाम: Emblic myrobolon
वनस्पति परिवार: Euphorbiaceae
अमला खानुस्, बिभिन्न समस्याबाट जोगिनुस्
कब्जियत
अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।
अरुचि
दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।
रगत बग्ने
रगत बढी बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर (महिनावारीमा बढी रगत जाने), अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा