Wednesday, 6 November 2019

किसुनजी, गिरिजा र मदन भण्डारीका असलीरुप


रेवतीरमण खनाल नेपालको राजनैतिक प्रशासनिक तथा कानुनी क्षेत्रका एक कुशल व्यक्तित्व हुनुहुन्छ । उहाँले निक्कै  लामो समयसम्म दरवारसंग जोडिएर देशको सेवा गर्नुभयो राजदरबारका पुर्व सचिव भएर काम गर्दाका समयमा धेरै तत्कालिन राजनैतिक नेताहरुसंग काम गरेको अनुभवहरु उहाँसंग छ । यस बीचमा कतिपय राजनीतिक घटनाक्रमको आरोह अवरोहहरुमा उहाँ साक्षीका रुपमा रहि अनुभूति र अभिव्यक्ति आत्मकथा नामक पुस्तक मार्फत धेरै कुरा बाहिर ल्याउनु भएको छ । तसर्थ यो पुस्तक इतिहास जान्न चाहने हरेक नेपालीहरुका लागी संग्रहनिय हुनेछ । नेपालको कानुनी इतिहासको रुपरेखा कृतिका लागि कानुन विषयमा मदन पुरस्कार २०५९ सालमा प्राप्त गर्नुभएको थियो ।
अनुभूति र अभिव्यक्ति पुस्तकमा धेरै नेपाली राजनितिज्ञहरु संगको घटनाहरु उल्लेख गर्नुभएको छ । यहाँ केवल तीन राजनैतिक हस्तीहरुको बारेमा एक एक घटना प्रस्तुत गर्न चाहन्छु । पृष्ठ २०२ देखि २२२


प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)

प्रशंग २०४८ साल वैशाख २९ गते भएको प्रतिनिधिसभाको २०५ सदस्यहरुका लागि भएको निर्वाचन ताकाको हो । उक्त निर्वाचनमा किसुनजिले चुनाव हार्नुभयो ।
प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो कार्यकाल भर राजालाई संविधानअनुसार जानकारीका लागि शासनका कुरा जाहेर गर्ने र प्रोत्साहनका लागि सुझाव लिनेजस्ता कुनै काम गर्नु भएन । उहाँले राजालाई २००७ साल र सोभन्दा पहिलेदेखिका इतिहासका कुरा, महाभारत र गीताका कुरा सुनाएर अल्मल्याउने गर्नुभयो ।
भट्टराबाट मैले नि त्यहि थाहा पाए, उहाँ अविवाहित हुनुहुन्थ्यो तर ब्रम्हचारी भने
हुनुहुँदो रहेनछ त्यस्तै उहाँ जस्तै उहाँको दलमा ४० जना अविवाहित पुरुष र महिला सदस्य रहेछन । उनीहरु पनि प्राय प्रायः भट्टराईको भनाइमा ब्रम्हचर्यमा थिएनन   

अन्तर्घातबाट चुनाव हारेका कृष्णप्रसा भट्टराईले राजनीतिक नैतिकताका आधारमा आफ्नो ओहोदाबाट राजामा राजीनामा चढाउनुभयो। राजाबाट स्वीकृत भयो। अर्को मन्त्रिपरिषद नबनेसम्म उहाँलाई काम गर्न आदेश भयो । प्रत्येक बिहिवार राजाको दर्शन गर्न आउँदा उहाँका तर्फबाट प्रायः शासनसम्बन्धी कुनै कुरा आउँदैनथे । भट्टराई जुनसुकै महत्वपूर्ण कुरालाई पनि हल्कारुपमा लिने, ख्याल ठट्टा गर्ने र बेलुका पेय पदार्थ धेरै लिने स्वभावका हुनुहुन्थ्यो। उहाँको विचार थियो नेपालमा राजतन्त्र चाहिन्छ तर त्यो संस्था संवैधानिक भएर राष्ट्रको शोभा बढाउने संस्थाको रुपमा रहनुपर्छ

एमाले महासचिव मदन भण्डारी

संविधान आएपछि भएको २०४८ सालको आम निर्वाचनमा एमालेका महासचिव मदन भण्डारीले आमनिर्वाचनको प्रचारको सिलसिलामा राजा वीरेन्द्रलाई प्रजातन्त्रविरुद्ध सक्रिय हुन थालेको आरोप लगाउँदै २०४७ चैत्रमा चाबलिको आमसभामा भने, महाराज आँखा नचम्काइबक्सियोस, हात नलम्काइबक्सियोस । यदि राजनीति गर्ने नै मन भए श्रीपेच खोलेर मैदानमा आइबक्सियोस तपाइसँग प्रतिस्पर्धा गर्न यो मदन भण्डारी तयार छ यस्तो समाचार अखबारमा छापियो  
मैले राजाको दर्शन पाएपछि यो कुरा जाहेर गरे, यो त अति भयो । राजाले जनताका नेतासँग कहीँ चुनाव लड्छन । संवैधानिक भइबक्सेको राजाबाट कहाँको राजनीति गरिबक्सेको देखेर त्यस्तो जिम्मेवार नेताले त्यस्तो बोलेका हुन । यसरी सरकारलाई चुनौती दिएको सह्य भएन । अनुमति पाउँ म कुरा गर्छु
तिमीले कुरा गरेर के हुन्छ !”  राजाबाट सोधनी भयो
मैले पाल्पाबाट बीआर राईसंग भए गरेका कुरा जाहेर गर्दै भने केही परिवर्तन भएनछ भने पनि नोक्सान केही छैन, अनुमति पाउँ
हुन्छ राजाबाट अनुमति प्राप्त भयो बेलुका फोन गरेर मदन भण्डारीसँग समय मागे
चुनावमा व्यस्त छु उहाँले भन्नुभयो
एकछिन जुनसुकै बेला भए पनि समय मिलाउनुहोस मैले पुन आग्रंह गरे
राती १०:00 बजे बालाजु  बाइपासको तिनकुने  मोटरमै भेट्ने भनेर मोटरको नम्बर र रंग बताएपछि म  भेट्न गए । हामीबीच करिब ४५ मिनेट कुरा भयो । अनि, उनको प्रचारमा राजालाई मुछ्ने काम भएन
त्यो त चुनाव जित्ने रणनीति मात्र हो। उनले  भनेका  थिए । मदन भण्डारीको देहान्त पछी उनको नोटबुक बाट टिपेको भनेर यो भेटबारेका कुरा छापिएपछी गलत ब्याख्या हुन नपाओस भनी मदन भण्डारीसँग केही क्षण' लेख मैले समकालीन पत्रिकामा प्रकाशित गरे ।  
चुनाव जितेपछि मैले मदन भण्डारीलाई फोनबाट बधाई दिएँ । एमाले प्रतिपक्षमा बसेपछि फेरि हाम्रो भेट त्रिभुवन विमानस्थल जाने बाटाको तीनकुनेमा राति नौ बजे भेट्ने कार्यक्रम बनाई भेट भयो । मैले भने, तपाई जिम्मेवार दलको प्रतिपक्षी नेता हुनुहुन्छ । तपाईले राष्ट्राध्यक्ष राजालाई भेटनुपर्ने हुन्छ । त्यसका लागि तयार हुनुपर्छ । पछि समय मिलाई मैले उहाँको राजासँग भेट गराएँ ।
भेटपछि उहाँले नेपाल प्रति भारत र अमेरिकी खेल बारे बुझ्नुभयो साथै राजाको सादगी जीवन, देश प्रेम बाट प्रभावित हुनुभयो र भन्नुभयो, राजसंस्था पनि एउटा शक्ति हो । राज्यका सबै शक्तिहरु मिलेर आआफ्नो क्षेत्रबाट देशलाई अगाडि बढाउनुपर्छ ।

प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला

गिरिजाप्रसाद निर्वासनताका पटनामा ईश्वरीप्रसाद सिंहकहाँ बस्ने गरेका रहेछन । ईश्वरीप्रसाद पटना विश्वविद्यालयका सहायक प्राध्यापक रहेछन र गिरिजा प्रधानमन्त्री भएपछि नेपाली नागरिकता लिएका रहेछन । निजलाई लोकसेवा आयोगको अध्यक्षमा संवैधानिक परिषदबाट सिफारिस भएर आयो । निजका बारेमा दरबारबाट बुझ्दा निज भारतीय नागरिक भएको र अध्यक्ष भएमा श्री ५ को सरकारका सबै कार्यालयमा भारतीय नागरिकले प्रवेश पाउन सक्ने सम्भावना देखियो ।
सो सिफारिसका साथमा निजको व्यक्तिगत विवरण र नागरिकताको प्रतिलिपि थिएन । मैले त्यो मागेँ र भने, त्यति पाएपछि मात्र राजामा जाहेर गर्छु । नागरिकताको प्रतिलिपि आयो । संविधानबमोजिम अध्यक्ष र सदस्यका निम्ति शैक्षिक योग्यताको साथै उमेर ४५ वर्ष पूरा गरेको हुनुपर्ने थियो । ती सिफारिस भएका व्यक्तिको हालै लिएको नागरिकताको जन्म मितिअनुसार उनी जम्मा ४३ वर्षका मात्र रहेछन । अनि प्रधानन्यायधीश विश्वनाथ उपाध्यायलाई बताएँ, तपाई बसेको आयोगले सिफारिस गरेका व्यक्तिको संविधानअनुसार योग्यता पुगेको देखिएन।
उहाँले भन्नुभयो, प्रधानमन्त्रीले उहाँलाई लोक सेवा आयोगको अध्यक्षमा लान चाहनुभयो, मैले व्यक्तिगत विवरण समेत हेरिन यसरी एक भारतीय नागरिक नेपालको लोकसेवा आयोगको अध्यक्ष हुनबाट बच्यो ।
यी तीनै घटनाहरुको विश्लेषण गर्ने जिम्मा पाठकहरुमा ।

If you Like this Article, Please do share with your Friends too.