Sunday, 29 December 2019

सूचना प्रविधिसम्बन्धी विधेयक समितिबाट पारित,  सामाजिक सञ्जालमा कसैलाई गाली गरे ५ वर्ष कैद .pdf सहित

काठमाण्डाै – प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आइतबारको बैठकको बहुमतले विधेयक पारित गरेको हो ।



बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी

Friday, 13 December 2019

एक क्लिकमा लिनुहोस् कम्प्युटर सम्बन्धि सबै ज्ञान, आफुले पढिसकेपछि सेयर गर्न नभुल्नुहोला

काठमाडौ । कम्प्युटर चलाउने मान्छेले किबोर्डका सर्टकटहरु जानेको खण्डमा उसको काम छिटो छरितो हुने गर्दछ । यहाँ हामीले विन्डोज अपरेटिङ्ग (win-OS) सिस्टममा चल्ने ५०० भन्दा बढी सटकर्ट कि हरु राखेका छौं । यसलाई फेसबुकमा शेयर गरेर आजै सुरक्षित गरेर राख्नुहोला । कुनै न कुनै दिन पक्कै पनि तपाइहरुलाई काम लाग्न सक्छ है । अहिले पूरै हेर्नलाई फुर्सद छैन

Sunday, 8 December 2019

ओस्कर वाइल्डका १६ महत्वपूर्ण भनाइहरू- Oscar Wilde

 Oscar Wilde Quotes


१. हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ । 

२. साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ । 

३. एउटा साधारण व्यक्ति र सन्तमा यत्ति फरक हुन्छ कि सन्त सँग उसको विगत रहेको हुन्छ भने व्यक्ति सँग भविष्य ।

४. अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।

५. महिलाहरू प्रेमका लागि बनेका हुन् बुझ्नका लागि होइन ।

६. हामी सबै नालिमा बाँचि रहेका छौ तर कोही कोहीको नजर चम्किला ताराहरू प्रति छ ।

७. मैले देखेको छु जब एउटा मान्छे कुनै महिलालाई प्रेम गर्छ तब सबै दिदैन तर जब महिलाले कसैलाई प्रेम गर्छिन त सर्वस्व सुम्पन्छिन् ।

८. सत्य दुर्लभ रूपमा सत्य हुन्छ तर साधारण कहिल्यै हुदैन ।

९. यदि कुनै पुस्तक पटक पटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।

१०. व्यक्ति जसले आफ्नो बारे सोच्दैन उसले सबैथोक सोचिरहेको हुदैन ।

११. तिमि आफु बन बाकि सबै प्रयोगमा आइसकेका छन् ।

१२. हामी त्यो समयमा बचेका छौ जहा अनावश्यक चिजहरुनै हाम्रा आवश्यकता बनेका छन् ।

१३. यो संसारमा बाच्नु भनेको त निक्कै नै दुर्लभ कुरा हो. अधिकाँश मानिस वस् उपस्थित मात्र छन् त्यति हो  ।

१४. जसले तिमीलाई अरु साधारण मान्छे झैँ ठान्छ र व्यावहार गर्छ त्यस्तो मान्छेसँग प्रेममा नपर्नु ।

१५. असल मित्रले सधै अगाडी मात्र छुरा रोप्छ ।

१६. हामी एक अर्काको शैतान हौ र हामी मिलेर यो संसारलाई नर्क बनाइरहेका छौ ।

Friday, 6 December 2019

शेक्सपियरका उत्कृष्ट भनाइहरू- William Shakespeare

William Shakespeare Quotes

१. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन । 
२. कायरहरू मर्नुभ्दा पहिल्यै पटक पटक मरिसकेका हुन्छन् ।
३. निर्भिक व्यक्तिले ख्यातिको शिखर एकै पलमा चुम्न सक्दछ ।
४. सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।
५. यदि संगित प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।
. धेरै सुन, थोरै बोल ।
. यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।
८. हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।

पाउलो कोएल्होका उपयोगी उद्धरणहरू- Paulo Coelho

 Paulo Coelho Quotes

  1. सपनालाई असम्भव बनाउने केवल एउटा चीज हाे: असफलताको डर।
  2. तपाईंले जोखिम लिनु पर्छ। हामी केवल जीवनको चमत्कार पूर्ण रूपमा बुझ्दछौं जब हामी अप्रत्याशित घटनाहरू हुने अनुमति दिन्छौँ।
  3. जुन आँधी एकदमै हिंस्रक छ, यो चाँडो पार हुन्छ।
  4. जब हामी आफु भन्दा राम्रो बन्न कोसिस गर्दछौंँ , हाम्रो वरिपरिको सबैकुरा पनि राम्रो हुन्छ।
  5. यदि तपाईं सफल हुन चाहनुहुन्छ भने, तपाईँले एक नियमको सम्मान गर्नुपर्दछ – आफैँलाई कहिल्यै झुठो नबोल्नुहोस्।
  6. संसारमा केहि पनि सधैं पूर्ण गलत हुदैन। रोकिएको घडीले पनि दिनको दुई चोटी सहि समय बताउँछ।
  7. खुशी भनेको त्यस्तो चीज हो जुन भाग लगाउदा गुणा हुन्छ।
  8. तपाईंसँग दुई विकल्पहरू छन्, तपाईंको दिमागलाई नियन्त्रण गर्ने वा दिमागलाई तपाईँलाई नियन्त्रण गर्न दिने।
  9. जीवनमा सबै लडाईहरुले हामीलाई केही सिकाउने सेवा गर्दछन्, त्यो लडाईले पनि जुन हामीले हार्यौँ।
  10. ‘कुनै दिन’, ‘सायद’ र ‘यदि’ धेरै खतरनाक शब्दहरू हुन् जसलाई बेवास्ता गर्नुपर्दछ।

वील स्मिथका विश्व चर्चित भनाइहरु- Will Smith Quotes

Will Smith Quotes

  1. पहिलो कदम भनेको तपाईंले गर्न सक्नुहुन्छ भन्नुपर्छ ।
  2. महानता कुनै अद्भुत, रहस्यमय, मायावी र ईश्वर जस्तो सुविधा होइन जुन केवल हामीमध्येको विशेषले मात्र चाख्न सक्छ । यो यस्तो चीज हो जुन वास्तवमा हामी सबैमा छ ।
  3. म हरेक बिहान यही विश्वास लिएर ब्युँझन्छु कि आज हिजोको भन्दा राम्रो हुने छ ।
  4. पैसा र सफलताले मान्छेलाई परिवर्तन गर्दैन । यसले पहिले नै भएको कुरालाई बढाउने गर्छ ।
  5. दोस्रो योजना ल्याउनुको कुनै कारण छैन किनकी यसले पहिलो योजनाबाट हाम्रो ध्यान विचलित गर्छ ।
  6. व्यावहारिक हुनु भनेको सामान्यतया औसत यात्राको मार्ग हो ।
  7. यदि तपाईं आफूले चाहेको कुराका लागि संघर्ष गर्नुहुन्न भने आफूले गुमाएको कुरामा नरुनुस् ।
  8. तपाईंका लागि थोरै काम गर्ने मानिसहरूलाई तपाईंको दिमाग र भावनाहरूमाथि नियन्त्रण गर्न नदिनुहोस् ।
  9. यदि तपाईं मेरो संघर्षको बखत अनुपस्थित हुनुभयो भने मेरो सफलताको दौरान उपस्थित हुने आशा नगर्नुहोस् ।
  10. यदि तपाई अरूको जीवनलाई राम्रो बनाइरहनुभएको छैन भने तपाईले आफ्नो समय बर्बाद गरिरहनु भएको छ । तपाईंको जीवन अन्य व्यक्तिको जीवन राम्रो बनाएर अझ राम्रो हुने छ ।

हेनरी डेभिडका चर्चित भनाइहरू- Henry D. Thoreau

 हेनरी डेभिडका चर्चित भनाइहरू- Henry David Thoreau Quotes

  1. विश्वासको सबैभन्दा सानो बीज खुशीको सबैभन्दा ठूलो फलभन्दा राम्रो हुन्छ।
  2. अन्धकार र अज्ञानतामा निर्भर हुँदैन भने साँचो मित्रताले सही ज्ञान लिनसक्छ।
  3. कहिल्यै पछाडि नहेर यदि तिमी त्यसतर्फ जाने योजना बनाइरहेका छैनौ भने।
  4. सफलता सामान्यतया ती मानिसहरूमा आउँदछ जसलाई यसलाई हेर्ने फुर्सद छैन।
  5. हाम्रो पछाडि के छ र हाम्रो अगाडि के छ ती साना कुरा हुन यदि यसलाई हामी भित्रको कुरासँग तुलना गर्ने हो भने।
  6. यदि हामी पर्याप्त शान्त हुने हो भने हामी हरेक निराशमा क्षतिपूर्ति भेट्टाउनेछौँ।

एडमन्ड हिलारीका उत्कृष्ट भनाइहरू- Edmund Hillary

 एडमन्ड हिलारीका उत्कृष्ट भनाइहरू- Edmund Hillary Quotes

  1. जब तपाईं उचाइमा चढ्नुहुन्छ, जीवन एकदम दयनीय हुन सक्छ ।
  2. जीवन पर्वतारोहण जस्तो छ, कहिल्यै तल नहेर्नुहोस् ।
  3. पहाडको टुप्पामा पुग्नुभन्दा मानव जीवन धेरै महत्त्वपूर्ण छ ।
  4. हामीले पर्वतलाई जितेको होइन, तर आफैँलाई जितेको हो ।
  5. सगरमाथामा दोस्रो पटक चढेका मानिस कसैलाई याद छैन ।
  6. मानिसहरुले असाधारण बन्ने निर्णय गर्दैनन् । तिनीहरूले असाधारण चिजहरू गर्ने निर्णय गर्छन् ।
  7. मलाई लाग्छ कि यो सबै प्रेरणाभन्दा तल आउँछ । यदि तपाईं वास्तवमै केही गर्न चाहनुहुन्छ भने तपाईं यसका लागि कडा मेहनत गर्नुहुन्छ ।
  8. मैले सगरमाथाको आरोहणबाट ठूलो सन्तुष्टि पाएको छु । तर त्यहाँ कुनै शंका छैन कि मेरा सबैभन्दा महत्वपूर्ण चिजहरू विद्यालय र चिकित्सा क्लिनिकहरूका निर्माण हुन् ।
  9. मलाई लाग्छ कि एक राम्रो पर्वतारोहण प्रायः समझदार पर्वतारोहण हुन्छ ।
If you Like this Article, Please do share with your Friends too.