Wednesday, 22 April 2020

जिन्दगी jindagi

जिन्दगी आगन अगाडि राखिएको लास म नियाल्दै छु के गरौं के बोलौ या नबोलौ निशब्द छु।। लास हेर्छु त्यो लास स्थिर छ मुसुक्क मुस्कुराउछ अनि हल्का जिब्रो निकालेर मलाई गिज्ज्याए जस्तो लाग्छ चारपट्टि त्यो लास घचेट्दै रुदै गरेका ती आसुका अनुहार नियाल्छु हेर्छु लास उठेर बोल्छ कि भनेर अह जिब्रो टोकेर जिस्काउछ मात्रै मलाई न म त्यो लास हेरेर रुन नै सक्छु न हास्न वरिपरि मानिस मेला हेर्न भेला भएझै भएका छन रुदै कराउँदै बर्बराउदै म एकटक हेरिरहेकी छु नियालीरहेकी छु त्यो लास मलाई फेसबुकका इमोजी जस्तै जिस्काइरहेका जस्तो लाग्थियो तर त्यो निर्जिब बस्तु कहिले नउठ्नेगरी सुतिरहेको छ र एकैछिन पछि त्यो जिब्रो टोकेर मलाई जिस्काइरहेको त्यो ब्यक्तिलाई बासको डोलिमा सेतो कपडा ओढाएर बिहेमा जन्ती वारपार भएजसरी लाम लागेर खोलामा त्यो मलाई जिस्काइरहेको निर्जीव बस्तुलाइ चार भारी दाउरा दुई काटी सलाइले एकैछिनमा भस्म बनाइयो सायद जत्तिनै लोभ लालच गरेपनी घमण्ड गरे पनि अन्त्यमा खरानी हुने यसैको नाम होला जिन्दगी ।। ✍️✍️Suzata_niraula
📷




If you Like this Article, Please do share with your Friends too.