Monday, 27 April 2020

छाउगोठ अनि रजस्वला

छाउगोठ अनि रजस्वला
जब रजस्वला हुने महिना दिन नजिकिन्छ
अनि उनका केहि दिन अगाडि देखि निन्द्रा हराइदिन्छ
भोक हराइदिन्छ प्यास हराइदिन्छ ।
सायद बर्खा को झरी होस या हिउद हो जाडो...
हरेक चार दिन उसले छाउ गोठमा सुत्नुपर्छ
त्यो अनकन्टार कोठामा आइ कहिले सर्पले डसिदिन्छ
अनि कहिले त्यो बर्खाको बाढिले कुन खोलामा गै मिसाइदिन्छ पत्तो हुदैन
परिक्षा का दिन नजिकिन्छन उसका महिनौ भैदिने रजस्वला अनि छाउ गोठका ती महिनाका चार दिनको
बसाइले उसको भबिस्य अन्धकार तर्फ लम्किदिन्छ ।।
बिध्यालयमा गएर पढ्छिन उनी , महिनावारीमा परिवारको माया चाहिन्छ हेर बिचार चाहिन्छ भनेर
अनि फेरि घुमिफिरी अर्को महिना रजस्वला भैदिदा
फेरि छाउ गोठ पस्छिन उनि




 किनकि समाजका नियम अगाडि उनको बिद्याले केहि लछारपाटो लाउने वाला छैन ।
त्यो अध्यारो कोठामा अर्काले ल्याइदिने भातको प्रतीक्षा गर्दागर्दै त्या उनि कहिलेकाही बेहोस भै लडिरहेकी हुन्छिन ।
अनि कहिलेकाही काखे बालख हुन्छन कतिपय का नारिहरुको
तिनलाई छोडी महिनवारिमा छाउ घर सरिरहेकी हुन्छिन
छैन ब्यस्ता अझै ती बिकट ठाउमा
senetery paid को
अनि पुराना केहि टाला बोकेर सधै उ महिनौ रजस्वला मा
छाउघर सरिरहेकी हुन्छिन ।।
ए सरकार सुस्त हैन चाडो छाउ प्रथा अन्य गरिदेउ
अकालमा ती बिकट नारिहरुलाइ कालको मुखबाट बच्न
एउटा कानुन तयार गरिदेउ ।।।
#जय_नारी
#जय_देश

If you Like this Article, Please do share with your Friends too.