Saturday, 25 April 2020

चुरोट 'Churot'

तैले जति पल्ट चुरोटको बट्टा किन्छस नि त्यति पल्ट सोच्छु बुढेसकालमा बा आमाको सहारा हराउने पो हो कि भनेर
अनि पृय दाजु
कहिलेकाही तेरा साथी मिलेर जाडका बोतल रित्याउ अनि
80 को Speed मा बाइक हुइकाउदै घर भन्दा 200 मिटर पर तेरो बाइकको आवाज सुन्छु
साच्चै त्यति बेला सोच्छु भर्खरै गर्भवती भएकि भाउजूको सिउदो रित्तिने पो होकि भनेर ।
अनि पृय दाजु
नखा न दादा नखा भन्दै मैले भन्दा कहिलेकाही त होनि भनेर मेरो कुराको इन्कार गर्दै तैले कुरा काट्दा सोच्छु यिनै कहिलेकाही दिनै भैदियो भने त कुलतमा फसेर सडकको बासपो होलाकी भनेर सोच्छु
अनि दाइ
साथिका आज party छ म गए है भनेर हिड्छस त नआउन्जेल तेरो बाटो कुरिरहन्छु त्यसरी नै party को नाममा चुरोट र रक्सिलाइ प्राथमिकता दिदै गयौ भने त आउने बाटो कहिले कुर्नु पर्दैन होला ।
अनि पृय दाजु
गुड्खाका खोल मधुका खोल चुरोटको बट्टा घर सफा गर्दा जत्ती भेट्छु अनि सोच्छु केहि बर्ष यसरि नै तैले खाइस भने भोलि क्यान्सर भो भने तलाइ उपचार गर्न केहिले पुग्दैन
त त रोग लागेर मर्छस क्यान्सरले बाच्न दिदैन
तर छोरा भनेको घर थाम्ने खाबो हो
एउटा घरको खाबो भाचिन्छ
एउटि श्रीमतिको सिउदो रित्तिन्छ।
एउटि आमाको मुहारमा सधैलाइ मुस्कान हराउछ
अनि एउटि बहिनिको बर्सेनि तिहारमा निधार रित्तिन्छ ।।।
एउटा बाको सधैब इज्जत मेटिन्छ ।
त्यसैले पृय दाइ यो रक्सि र चुरोटका ठुटा नतान्दैमा तेरो पेट नअघाउने हैन
तलाइ सधैका तिहारमा टीका लगाउने धोको छ
त्यसैले बिन्ती यो कुलत छोडिदेन है
हाम्रो सपनाहरू सधैब अमर राखी दे न है

पृय पुरुष कृपया चुरोटका ठुटा तान्न र रक्सिका बोतल रित्याउन छोडिदेउ
आफैले आफ्नै आयु नघटाउ बिन्ती छ ।।
#जय_पुरुष
#जय_देश ।।

✍️    Suzata Niraula
तस्बिर = फेसबुक बाट ❤️❤️🙏🙏🙏
If you Like this Article, Please do share with your Friends too.