Saturday, 25 April 2020

परदेश 'Pardesh'

तीमिले चारपट्टी फाटेको दौरा लाएको मैले हेर्नै सकिन ।।
बा
तिम्रै आडमा बसेर

तिम्रै मायामा तिम्रै आँखा अगाडि रहेर मलाई जिन्दगी कटाउनु थियो ।। 

मेरो देशमा रोजगार खोज्न
कुध्दा कुध्दा बा
दर्जनौ जोडि जुत्ता फाटे
मैले सपना बुनेर सरकारि जागिर खान्छु भने किनेका दराज भरिका पुस्तक किरा अहिले त पक्कै लागे ।।
आज तिम्रा सपनाहरू न पुरा गर्न सके
बा म जादा प्लेनमा गएको थिए
आउदा नि प्लेन मै आको छु ।।
तर बा हिजो जादा म तिम्रा आसा र सपनाहरू बोकेर गाको थे ।।
आज बिना सास आको छु
बा आज पनि प्लेनमा नै आए तर ।।
बा अब कहिले तिमिले बोलाउदा बोल्दिन म
तिमिले कान्छा भन्दा तिम्रो सामु मुस्कुक्क हास्दै आउदिन म।।
किनकि बा
आज रातो बाकसमा कहिले नबिउझिने गरि आएको छु म
साच्चै बा मेरा याद आयो भने नरुनु ।।
छोराको दिन यत्ती रहेछ भनेर चित्त बुझाउनु ।।
कहिलेकाहीँ सारै याद आयो भने बाकसमा मेरा अलपत्र परेका लुगा छुनु ।।
तर बा तर आमा
पट्क्कै आँसु नझार्नु
तिम्रा आसुले मलाई जहागए नि तड्पाउने छ ।।।।
#बाकस_भित्र_को लासले यिनै शब्द बोले जस्तै लाग्यो ।।


✍️    Suzata Niraula
तस्बिर = फेसबुक बाट ❤️❤️🙏🙏🙏
If you Like this Article, Please do share with your Friends too.