Saturday, 25 April 2020

निर्मला 'Nirmala'

त्यो उखु बारिमा
बर्शौ अघाडी रगताम्य रूपमा लडेको लासको फेरि याद आयो आज मलाई
अनि उनका लागि न्यायको भिक माग्दै सडकमा उत्रेको फेरि याद आयो
आज पनि त्यो
उखिबारिमा बगेको रगतले न्याय माग्दै छ
अनि अकालमा थिचिएर मिचिएर मरेकी निर्मलाले रुदै न्याय को भिख मागेको आवाज गुन्जिदै छ ।
नेपालको कानुन दर्हो छ भनेर भनेको सुन्दा सुन्दै अब त
कान थोत्रो भैसकेको छ हिजो निर्मला बलात्कृत भैन, दिनहु भेटिन्छन नग्न रगताम्य अवस्थामा उखुबारिमा र बासघारिमा
त्यति मात्रै कहाँ होर भेटिन्चन बल्तकृत भएका बालिका सुतिरहेका कोक्रामा ।।
यी नारीहरुका लागि न्यायको भिख माग्दामाग्दा अब त हार खाइसके सारा
छन पिचासुहरु
माया जस्तो पबित्र सम्बन्धलाई आफ्नो प्यास मेट्ने साधन बनाइ तिम्रो कुमारित्यो लुटि छोडिदिने ।।
त्यसैले पृय नारी
भोलिका दिनमा तिमी कुनै झाडिमा वा उखुबारिमा भेटियौ भने
तिमिले न्याय कहिले पाउदैनौ ।।
त्यसैले आफ्नो सुरक्षा आफै गर
आफ्नोलागि आफ्नो ढाल आफै बन
किनकि हाम्रो करको कात्रो ओढि आर्यघाटमालमतन्न भै निधाउने
महोदयहरुले
तिम्रा लागि कहिले न्याय ल्याउनेछैनन ।।
त्यसैले पृय नारी आफ्नो सुरक्षा आफै गर
अनि पृय पुरुष सुनन,
नारी हिंसा बिरुद्ध जसरी सामाजिक संजालमा बोल्छौ नि
साच्चै बास्तबिक मा नि बोलिदेउ
हरेक नारिको सुरक्षा गरिदेउ ।
मध्यरातमा कोहि नारी एक्लै देखेउ भने ढाल बनिदेउ ।म
जय नारी
जय पुरुष
जय देश

✍️    Suzata Niraula
तस्बिर = फेसबुक बाट ❤️❤️🙏🙏🙏
If you Like this Article, Please do share with your Friends too.