किन
बारबार किन
पटकपटक किन
अरुलाइ हैन
बारबार किन
पटकपटक किन
अरुलाइ हैन
मलाई मात्रै किन
जती चोटि म त्यो बाटो हिड्छु
मेरा हुर्किदै गरेका छातिमा
त्यो एकहुल
सधै गिद्दे नजर लाउछ
अनि जब त्यो हुल बाट म एककोस टाढा पुग्छु
क्या माल छे त्यो केटि भन्दै
खित्का हासो सहित उत्तेजित हुन्छन किन ।
त्यो कुर्तुत व्यबहार देखेर
मलाई अप्ठ्यारो लाग्न थाल्यो
घिन लाग्न थाल्यो
त्यो बाटो देख्दै त्रास उत्पन्न हुन थाल्यो
त्यो व्यबहार दिनहु सहने
मलाई आदत बस्न थाल्यो ।
चुप रहने
यस्तो बन्छे छोरी उस्तो बन्छे छोरी
भनेर सपना सजाएका ती आखाले
भबिस्यको ठिक गन्तव्य को बाटो बोलिदिने
ती मुखले
तेरो इच्छा चहाना के छ भनेर कहिले प्रस्न सोध्दैन थियो
किन ?
जब ड्रेस लाएर मेरा पाइला कलेज तर्फ लाग्थे कहिले बाहिर कतै
नचिनेको मान्छेले देको खालिस नि?
नचिनेको मान्छे सङ बस्लिस नि ?
नचिनेको मान्छेलाई बिश्वास नगर्नु नि?
भनेर घर बाट पाहिला सारे पिच्छे भनिन्थ्यो ।
तर आफुले एकदम मज्जाले चिनेको मान्छेको भर नगर्नु बिश्वास नगर्नु कहिले भनिएन किन?
सजिलै सहमत हुनु हुदैन भनेर त सिकाइन्थियो
तर मुटु दर्हो पारेर आट र हिम्मत कसेर
नाइ भन्दै इन्कार गर्नुपर्छ भनेर सिकाइएन
किन?
अन्याय नगर्नु पनि अन्याय सहदै नसहनु पनि भनेर बारबार भनिन्थियो
न्यायको पक्षमा आफ्नो आट कसेर आफू दर्हो भएर त्यो क्रुतित ब्यबहार सम्झेर आफुलाइ दिनहु अप्ठ्यारो भएको सम्झेर आवाज उठाउनु पर्छ भनेर कहिले सिकाइएन
किन?
तिमी तिम्रो सोचमा केहि परिबर्तन ल्याउ
मेरा परिरहनले तिम्लाइ उत्तेजित पार्ला
म मेरा पहिरन मा परिबर्तन ल्याउला
तिमी केहि फरक सिकाउ
म केहि फरक सिकौला ।।