मङ्सिर महिनामा हसियाले स्वाट स्वाट काटेको धान
जस्तै
आज मलाई तिम्रा शब्दले त्यसरिनै काटेको छ
बर्खामा रोपेको मायाको खेती
एकोहोरो मलजल ले कहिले सप्रेन
म मलजल गरिरहे बारबार गरिरहे
ह्वात्तै आएर तिमिले मेरा मेहनत र भावनाका फुल्नै फैलिनै आटेका बिरुवामा मेटासिट छरेर गयौ
आज प्रश्न दुनियाको ठडिन्छ के चल्दै छ तेरो सम्बन्ध ?
जस्तै
आज मलाई तिम्रा शब्दले त्यसरिनै काटेको छ
बर्खामा रोपेको मायाको खेती
एकोहोरो मलजल ले कहिले सप्रेन
म मलजल गरिरहे बारबार गरिरहे
ह्वात्तै आएर तिमिले मेरा मेहनत र भावनाका फुल्नै फैलिनै आटेका बिरुवामा मेटासिट छरेर गयौ
आज प्रश्न दुनियाको ठडिन्छ के चल्दै छ तेरो सम्बन्ध ?
बाली बिग्रेको किसान जस्तो चुपचाप छु म
यादहरुको खडेरी लाग्दा
यादहरुको खडेरी लाग्दा
ती आवाज हरुले मनमा
गड्याङगुडुङ गरिरहदा
आखाबाट अकस्मात बर्सा हुन्थे
मनमा कुनै बेला आसा पलाउथियो
अनि फेरि सर्लाक्सुर्लुक भएर मर्थियो
अब त ती धारिला हसियाले मेरा धानका बाला
जस्तो कमलो मन छिनाउदैन
अनि धान का बीउ राख्दा आमाका खुट्टा हिलाले खाएर चिरिए जस्तो
मेरो मन चिरिदैन
मैले मायाको मलजल अब गर्नु पर्दैन
फलेको अन्नपो माया लाग्थियो
मरेको मायाको बोटको अब आस गर्नु पर्दैन
किनकि पृय
बर्खामा पनि बाली को मैझारो हुन्छ
त्यसैगरी हिउद्को
बालिको मैझारो भए जस्तै
तिम्रो र मेरो सम्बन्धको मैझारो भएको छ् ।।
आखाबाट अकस्मात बर्सा हुन्थे
मनमा कुनै बेला आसा पलाउथियो
अनि फेरि सर्लाक्सुर्लुक भएर मर्थियो
अब त ती धारिला हसियाले मेरा धानका बाला
जस्तो कमलो मन छिनाउदैन
अनि धान का बीउ राख्दा आमाका खुट्टा हिलाले खाएर चिरिए जस्तो
मेरो मन चिरिदैन
मैले मायाको मलजल अब गर्नु पर्दैन
फलेको अन्नपो माया लाग्थियो
मरेको मायाको बोटको अब आस गर्नु पर्दैन
किनकि पृय
बर्खामा पनि बाली को मैझारो हुन्छ
त्यसैगरी हिउद्को
बालिको मैझारो भए जस्तै
तिम्रो र मेरो सम्बन्धको मैझारो भएको छ् ।।