Tuesday, 28 April 2020

गुरु Teacher

गुरु
नानी त ठुलो हुनु है भनेर मलाई कहिले आशीर्वाद नदिनु
किनकि गुरु
म ठुलो भए भने भोलि हजुर सङ जंकाभेट  भो भने  पनि  म अन्तै पाइला मोड्न सक्छु
त्यसैले गुरु
बरु मलाई त ज्ञानि हुनु आग्याकारी हुनु भनेर आशीर्वाद दिनु
तर अह
त ठुलो हुनु भनेर आशीर्वाद कहिले नदिनु
 तपाईंका मेहनतका कारणले मैले प्रगति गरौंला
तर  बाटै अगाडि देखे भने मैले मुन्टो पक्कै बङाउछु
त्यसैले प्रिय् गुरु


ए नानी त सस्कारी हो भनेर आशीर्वाद दिनु

तर गुरु



त ठुलो मान्छे हुनु भनेर चै कदापि आशीर्वाद नदिनु
 नानि त ठुलो हो भनेर भन्दाभन्दै तपाईंको दारी कपाल फुलिसके
तर ओल्ला छेउमा तपाई अनि पल्ला छेउमा म छु भने पनि तपाईं प्रती मेरा हात कहिले जोडिदैनन
त्यसैले गुरु मलाई त सधैं प्रगति गर भन्नू बरु
तर त ठुलो हुनु भनेर चै कहिले नभन्नु
अनि गुरु सुन्नुस न
तपाईंले देको ज्ञान आर्जन गरेर म धेरै पैसा कमाउछु
तर बर्सौ पछि चिया पसलमा साथी सङ गफिदै भन्छु अरे यार फलानो सर त उस्तो थियो यस्ले मलाई यस्तो भन्थ्यो
तर दिएको ज्ञानले मैले धन कमाएको त पक्कै बिर्सिन्छु
त्यसैले मलाई नानि त ज्ञानि हुनु, त मेहनती त परिश्रमी हुनु भनेर आशीर्वाद दिनु
तर त ठुलो हुनु भनेर आशिर्वाद कहिले नदिनु
म परिश्रमी भए भने पक्कै सम्झिन्छु
मेहनती भए भने पाउ पर्छु
तर म
ठुलो भए भने गुरु पैसाको मोहमा लोभिएर तपाईलाई साच्चै बिर्सिन्छु
त्यसैले गुरु
नानि  त मेहनती हो भन्नू है गुरु
तर भुलेर नि त ठुलो हुनु भनेर आशीर्वाद कहिले नदिनु ।।
If you Like this Article, Please do share with your Friends too.