नेपाली समय
Pages
Home
About Nepal
नेपाली पात्रो
Nepali Literature
सुजाताका कृतिहरु
Travel Guides
वैदिक शान्ति पाठ । भिडियो श्लोक सहित
Contact
Unordered List
Saturday, 25 April 2020
भ्रस्टाचार 'Vrastachar'
ठगेर हैन बा म तपाईंलाई ठगेर घरबाट भ्रष्टाचार सुरु
गर्छु ।।
मेरो देशमा बर्सेनि नयाँनया रोग आउछन, मेडिकल लाइन पढेर फार्मेसी खोल्छु अनि 10 पर्ने औसधि 60 मा बेच्छु
त्यति मात्रै हो र अलिकति बुढाबुढी आए भने 600 को पेसर र सुगरको औसधि
6000 मा बेच्छु ।।
त्यसपछि घर पछि म भ्रष्टाचार गर्न समाज बाट सुरु गर्छु ।।
अब मलाई सानू झुपडीमा बसेर जिन्दगी कटाउनु छैन
अब म बङ्ला बनाउछु ।। 10 को दबाइ 60 मा बेचेर थुपारेको पैसाले बङ्ला बनाउछु र फुक्दै हिड्छु यो मेरो
मेहनतको घर हो भनेर ।।
बर्सेनि बाढी र पहिरो जान्छ मेरो देशमा सामाजिक कार्यमा अगाडि बढेजस्तो गर्छु र
तिमी अलिकति पैसा देउ हजुर अलिकति सहयोग गर्नुस
अनि तपाईंहरु बाट उठाएको राहतको 50 % म मेरो गोजि तिर हाल्छु
अनि मेरो रित्तिएको घाटिमा सुनको सिक्री लाउछु र सानले भेलामा बोल्छु "भ्रष्टाचार गर्नु अपराध हो भनेर"
घर बाट समाज त्यसपछि देशमा भ्रष्टाचार गर्छु अब म
मलाई त मेरा सपनाहरू पुरा गर्नु छ ।।
भोलि गएर मेरा सन्ततिलाई मैले भन्दा राम्रो क्याम्पस पठाउन आजैबाट जगेर्ना गर्नुछ ।।
म सानु छु हजुर
मैले मेरो देश बाट यहि ज्ञान पाएकी छु
मेरा देशका ठुला मान्छेहरू बाट यहि कुरा सिकेकी छु ।।
भ्रष्टाचार नगरी ठुलो मान्छे नहुइने रैछ
भ्रष्टाचार नगरी मेरा सपनाहरू पूरा नहुने रैछ ।।
मलाई त धनी बन्नु छ त्यसैले म घरबाट सुरु भ्रष्टाचार सुरु गर्दै समाज अनि देश सम्म भ्रष्टाचार गर्छु
अनि मेरा सपनाहरू पूरा गर्दैछु।।
हो अब म ठुलो मान्छे हुन दाम अनि नाम कमाउन
भ्रष्टाचारि बन्दै छु ।।
✍️
Suzata Niraula
तस्बिर
= फेसबुक बाट
❤️
❤️
🙏
🙏
🙏
Newer Post
Older Post
Home
If you Like this Article, Please do share with your Friends too.