Saturday, 20 June 2020

भारत-नेपाल शान्ती तथा मैत्री सन्धि (India-Nepal Treaty of Peace & Friendship) ENGLISH & NEPALI

भारत : नेपाल शान्ती तथा मैत्री सन्धि  (English Version CLICK HERE)
🇳🇵 वि.सं २००७ श्रावन १६   🇮🇳 सन् १९५० जुलाई ३१

१९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धि भारत तथा नेपाल बिच द्विपक्षीय सन्धि हो, यस सन्धि मार्फत दक्षिण एसियाको दुई छिमेकी मूलुक बिच एउटा विशेष सम्बन्ध स्थापित भएको मानिन्छ। यस सन्धि माथि काठमाण्डौंमा वि.सं २००७ श्रावन १६ सोमबार ३१ जुलाई, १९५० मा नेपालका प्रधानमन्त्री मोहन शम्शेर जंग बहादुर राणा तथा नेपालको लागी भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंह द्वारा हस्ताक्षर गरिएको थियो र यो सन्धि धारा ९ अन्तर्गत त्यति बेला देखिनै लागू भयेको थियो। यो सन्धि अनुसार एक अर्का देशका बासिन्दा एक अर्का देशमा बिना राहदानी तथा भिसा आवत्-जावत् गर्न पाउनेछन् भनेर उल्लेख गरिएको छ ।
 1950 Indo-Nepal Treaty of Peace and Friendship

🇳🇵🇮🇳धारा १ : नेपाल सरकार र भारत सरकारका बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मञ्जुर गर्छन् ।
🇳🇵🇮🇳 धारा २ : कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुइ सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् ।
🇳🇵🇮🇳 धारा ३ : कर्मचारी वर्गहरुसहित प्रतिनिधिहरुद्वरा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध राजदुत स्तरिय राख्न मन्जुर गर्छ ।
🇳🇵🇮🇳 धारा ४ : दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाइस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरुको नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरुमा निवास गर्नेछन् ।
🇳🇵🇮🇳 धारा ५ : नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कल-पूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अपिधकार छ । दुइ सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन् ।
🇳🇵🇮🇳 धारा ६ : भारत र नेपालको छमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकाससम्बन्धि रियायत र ठेक्काहरुमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ ।
🇳🇵🇮🇳 धारा ७ : नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास,सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् ।
🇳🇵🇮🇳 धारा ८ : जहा यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फबाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामाहरुलाई खारेज गर्छ ।
🇳🇵🇮🇳 धारा ९ : हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिनेछ ।
🇳🇵🇮🇳 धारा १० : यो सन्धि कुनै एक मुलुकले १ वर्षे भाखा दिई सो सन्धि पत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
FOR ENGLISH VERSION CLICK HERE 
India - Nepal Treaty of Peace & Friendship
Shravan 16, 2007 : July 31, 1950 Kathmandu, Nepal

MORE (from other Sources): 
माथीको धारा ८. अनुसार २०४ वर्ष पुरानो सुगौली सन्धी खारेज भयो  ! १९५० जुलाई ३१ शान्ती तथा मैत्री सन्धी धारा ८ बमोजिम हो । अर्थात २००७ श्रावण १६ गते राष्ट्रिय एतिहासिक दिन हो ! ग्रेटर नेपाल ६४ वर्ष पहिले पुन: जन्म हो ! सन् १८१५ डिसेम्बर २ अघि पहिला कै विशाल नेपालको पश्चिम सटलज देखि पुर्वमा टिष्टा सम्म सप्रभुता फर्काएको प्रधानमन्त्री मोहन शमशेर र विजय शमशेरले हो । ग्रेटर नेपालको नक्सा जारी गरौं । :- सरदार भीमबहादुर पाँडे,२०७१, श्रावण १६
°°°°°°°°°°°°°°°°°°°°°
नेपाल सरकारले ग्रेटर नेपाल दाबी गर्न प्रमाण कहाँ छ भन्दा खेरी नेपाल- भारत शान्ती तथा मैत्री सन्धी धारा ८ मात्रै छ । ग्रेटर नेपाल जिवित भएको दिन १९५० जुलाई ३१ हो ।
सत्यमेव जयते, १८१६ सुगौली सन्धी नै खारेज भयो ।
भाइ फुटे गुहार लुटे, ७० वर्ष बिति सक्यो है ! पहिलेका सरकारले गरेन अब गरौ !!
ग्रेटर नेपाल के हो ? ग्रेटर नेपालको संविधान खै ?
सन् १९५० जुलाई ३१ मा नेपाल सरकारबाट प्रधानमन्त्री मोहन शमशेर जबरा र भारत सरकारबाट राजदुत श्री चन्द्रेश्वर प्रसाद नारायण सिंहले गरेको शान्ती तथा मैत्री सन्धी, धारा ८ (1950 Treaty of Peace & Friendship, Article 8) लाई आधार मानेर सन् १८१६ सुगौली सन्धीले गुमेको भुभागलाई १९५० शान्ती तथा मैत्री सन्धीले पुर्वमा टिष्टा र पश्चिममा सटलज सम्म फिर्ता दाबी भै सकेको कुल क्षेत्रफल भुभाग २,०४,९१७ वर्ग किलोमिटर नै Greater Nepal विशाल नेपाल हो ।
नेपाल सरकारले १९५० शान्ती तथा मैत्री सन्धी, धारा ८ लाई हाल साविक आधिकारिक प्रमाण मानेर संसदमा ग्रेटर नेपाल दर्ता गराएर ग्रेटर नेपालकै निशान छाप सहित संविधान संशोधन सर्वसम्मत पारित गर्ने दिन आएको छ !
सयुक्त राष्ट्र संघमा ग्रेटर नेपाल अन्तर्राष्ट्रिय गर्नु पर्दछ ।
• देशको नाम : ग्रेटर नेपाल Greater Nepal
• पुनःस्थापना मिति : १९५० जुलाई, ३१
• राष्ट्रिय झण्डा : 🇳🇵
• पुर्व सिमाना : टिष्टा नदि Tista River
(उपनिवेशहरु : सिक्किम , दार्जिलिङ सहित)
• पश्चिम सिमाना : सटलज नदि Sutlej River
(उपनिवेशहरु : सिम्ला, अल्मोडा सहित)
• उत्तर सिमाना : चीन
• दक्षिण सिमाना : भारत
• कुल क्षेत्रफल : २,०४,९१७ वर्ग किलोमीटर
• सन्धी : भारत - नेपाल शान्ती तथा मैत्री सन्धी
• नेपाल सरकार : प्रधानमन्त्री मोहन शमशेर जबरा
• भारत सरकार : राजदुत श्री चन्द्रेश्वर प्रसाद नारायण सिंह
• Bilateral Document : July 31, 1950
• India-Nepal Treaty of Peace and Friendship
• Ministry of External Affairs, India Government

ग्रेटर नेपाल अन्तर्राष्ट्रियकरण गर्नु परेमा यो लिन्क हेर्नू होला ।
https://legal.un.org/ola/Default.aspx
ग्रेटर नेपाल माग पुरा गर्न सम्मानिय व्यक्तित्वहरु :
1. फणीन्द्र नेपाल (मो. 9851071051) काठमाडौ
2. सरदार भीमबहादुर पाँडे
3. अम्बर गुरुङ
4. राष्ट्रकवि माधव प्रसाद घिमिरे
5. माननिय राजेन्द्र लिङ्देन (मो. 9852671070) झापा-३
6. पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द लोहनी
7. माननिय गङ्गा चौधरी (मो. 9851195045) दाङ
8. माननिय रामकुमारी झाक्री (मो. 9851008064)
9. सिमाविद बुद्दी नारायण श्रेष्ठ
10. इतिहासविद संस्कृतिविद डा. रमेश ढुङेल
11. प्रोफेसर डा. दिल बहादुर क्षेत्री
11. माननिय रेनुका गुरुङ (मो. 9851186862) काठमाडौ
12. कूटनीतिज्ञ एवम् इतिहासकार भिम बहादुर पाण्डे
13. अमित ढकाल
14. सिपी गजुरेल
यसरी नै नीति निर्माण प्रतिष्ठानमा सहयोग गर्न हुन रास्ट्रवादी अभियन्ताहरु, नेपाली सेना, इतिहासविद, भुगोलविद, संस्कृतिविद, राजदूतहरु, पत्रकार वर्ग एवम माननिय सांसदहरुको पनि अतुलनीय योगदान आवश्यक पर्दछ ।

°°°°°°°°°°°°°°°°°°°°°
नेपालीले जान्नै पर्छ समय निकालेर पढ्नु एकपटक !
सन् १९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धिबारे हामीले बुझ्नैपर्ने केहि तथ्यहरु - अमित ढकाल
सन् १९५० को सन्धिले सुनिश्चित गरेको नेपालको आर्थिक सम्भावनालाई दाउमा राखेर नयाँ सन्धिको पहल किन गर्ने ?
ग्रेटर नेपालको पहल किन नगर्ने ?
https://www.corporatenepal.com/2020/05/181768/
°°°°°°°°°°°°°°°°°°°°°°
If you Like this Article, Please do share with your Friends too.