1. नेपाल आमा❤️❤️ ✍️सुजाता निरौला
आज मेरो देशको सिमा मिचिएको छ
अनि
नेपाल आमा
हाम्रो अस्तित्व मेटन खोजिएको छ ।।
केहि बर्ष अगाडि नेपालको हो है भनेर तोकिएको त्यो रमणीय सिक्किम र दार्जिलिङ भारतले खोसेको छ ।।
त्यति मात्रै कहाँ हो र नेपाल आमा बाँकी यहाँ CONTINUE HERE...
आज मेरो देशको सिमा मिचिएको छ
अनि
नेपाल आमा
हाम्रो अस्तित्व मेटन खोजिएको छ ।।
केहि बर्ष अगाडि नेपालको हो है भनेर तोकिएको त्यो रमणीय सिक्किम र दार्जिलिङ भारतले खोसेको छ ।।
त्यति मात्रै कहाँ हो र नेपाल आमा बाँकी यहाँ CONTINUE HERE...
2. परदेशी अनि लास ✍️सुजाता निरौला
PART: 01
त्यो सानू, गाउँ बा आमा अनि सुमन जहाँ पल्ला घरको बिर्खे ले परदेश गएर ठड्याएको ठुलो महल अनि छिमेकीको अगाडि सानू झुप्रो देखेर मन खिन्न पार्दै बा ले भन्थे सुमनलाई भाइ हेर त त्यो बिर्खेले परदेश गएर ठुलो घर बनायो, यो बर्खामा पनि म सुत्ने ओछ्यान को माथी छानो भिजेर नसाले च्यापो भाइ त पनि परदेश जा अनि यो सानो झुप्रोलाइ त्यो महल जस्तै ठुलो बना, तेरि आमाको दिनै यो घर फुइफुइ गर्दै लिप्दा चिसो लागेर दुखेका ती एकएक नसा ठिक पार्न परदेश गएर औसधि गर्ने पैसा पठा, भाइ बर्सौ तैले लोकसेवा दिन्छु बा भनेर किताब किन्न काजिको मा दुइ हात थाप्दै मैले लिएको रिन तिर्न अब त परदेश जा अनि भाइ भर्खरै 10 कक्षा पढ्दै गरेकी बहिनीलाई क्याम्पस पढाउन भएपनी त परदेश जा, अनि हाम्रो सानु झुप्रो देखेर टाढिएका आफन्त हरु किन्न भएपनी परदेश जा, अनि सानू झुप्रो हुदा सङै एउटै आगनमा बसेर गफ गर्ने बिर्खेका बा घरको दुई तल्ला थपिएपछी वास्तै गर्दैनन भाइ त पनि यै आगनको पुर्ब पट्टि बिर्खेको जस्तै ठुलो घर बनाएर दोस्रो तलामा बसेर दुई पट्टि फर्केका घर हेर्दै पहिलेको जस्तै गफ गर्ने औकात बना । बा का यी कुरा सुनेर आखाभरी आँसु पार्दै परदेश जाने निधो गर्यो सुमनले अनि तल्ला पाटाको अलैंची हुने खेत धितो राखेर काजी सङ अलिकति पैसा रिण मागेर पासपोर्ट बनाउन सुमन काठमाडौ लाग्यो, Becholar सकेको सुमन अनि लोकसेवा का खात पुस्तक पढेर देशमा केहि गर्छु भनेर सपना बोकेको सुमन सातौ पटक दिदा पनि पास नभएपछि बा सुत्ने कोठाको छानो टाल्न झुपडी घर लिपेर दुखेका आमाको नसालाई औसधि गर्ने , अनि बहिनीलाई उच्च शिक्षा पढाउने पैसा जुटाउन र अलैंची बेचेर दुई छाक भात खान पुग्ने धितो देको खेत उकास्न सारा बाध्यता पुरा गर्न कतार जानको लागि पासपोर्ट बनाउन अलिकति खर्च ठिकपारेर केहि जोड लुगा ठिक पारेर , खिन्न मन हुँदै पल्टेको सुमन रातभर निन्द्दा नलागेर छट्पटी हुँदै सुतेको सुमन भोलि बिहान झुस्मिस हुँदै काठमाडौ तिर लाग्यो
#to_be_continue